आसाममा 501 करोड़ रुपियाँको लागतमा कास्टिक सोडा प्लान्ट बन्ने
Representative Image.


गुवाहाटी, 10 नोभेम्बर (हि.स.)। असममा औद्योगिक विकासलाई नयाँ गति दिने उद्देश्यले 501 करोड़ रुपियाँको निवेशबाट कास्टिक सोडा विनिर्माण संयन्त्र स्थापित गर्ने योजना छ।। यस परियोजनाले बाह्य आपूर्तिमाथि राज्यको निर्भरता घटाउनको साथै नयाँ रोजगारका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोशल मिडियाको माध्यमबाट प्रस्तावित परियोजनाको जानकारी साझा गरे। उनले बताए, नुमालीगढ़ रिफाइनरी लिमिटेड (एनआरएल)- को प्रशोधन प्रक्रियामा कास्टिक सोडा एउटा महत्त्वपूर्ण रासायनिक पदार्थ हो।

वर्तमानमा एनआरएलले आफ्नो आवश्यकताको लागि असम बाहिरका आपूर्तिकर्ताबाट हरेक वर्ष हजारौँ मेट्रिक टन कास्टिक सोडा खरिद गर्छ। राज्यमा नै रसायन उत्पादन गर्ने सुविधाले यसको उपलब्धता सहज बनाउनेछ अनि यातायात र लजिस्टिक लागत घटाउनेछ।

प्रस्तावित कारखानाले औद्योगिक गतिविधिको विस्तारसँगै राज्य सरकारको राजस्व बढाउने अनि नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने सम्भावना पनि छ।

अर्को जानकारी साझा गर्दै मुख्यमन्त्रीले दिल्लीसित दिशपुरलाई जोड्ने प्रस्तावित बुलेट ट्रेन कोरिडोरको अवधारणाको बारेमा पनि उल्लेख गरे। उच्च गतिको रेल जड़ानले देशका प्रमुख शहरहरूमाझको यात्राको समय घटाउने उनले बताए। यसले व्यापार, पर्यटन अनि आर्थिक गतिविधिहरूलाई पनि बढ़ावा दिन सक्छ।

दुवै पहलहरूले असममा औद्योगिक आधारलाई बलियो बनाउने, पूर्वाधार विस्तार गर्ने तथा राज्यको अर्थतन्त्रलाई नयाँ गति दिने सरकारको व्यापक योजनालाई प्रतिबिम्बित गर्दछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande