नयाँ वर्षको शुभकामना दिन अमित शाहको निवासमा पुगे राज्यपाल र मुख्यमन्त्री
अमित शाह के आवास पर नए वर्ष  की बधाई देने वालो का तांता


अहमदाबाद, १० नोभेम्बर (हि.स.)। गुजरातमा विक्रम संवत् २०८३ को नयाँ वर्षको शुरुआत हर्षोल्लास र भक्तिभावका साथ भएको छ। यस अवसरमा केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले अहमदाबादको थलतेज स्थित आफ्नो निवासमा नयाँ वर्ष मनाए। उनलाई शुभकामना तथा बधाई दिन ठूलो सङ्ख्यामा भाजपा कार्यकर्ता र शुभचिन्तकहरू पुगिरहेका छन्।

प्रदेशका राज्यपाल आचार्य देवव्रत र मुख्यमन्त्री भूपेन्द्र पटेल पनि अमित शाहको निवासमा पुगे। दुवैले केन्द्रिय गृहमन्त्री शाह र उनको परिवारलाई नयाँ वर्षको शुभकामना दिए।

यसअघि मुख्यमन्त्री पटेलले गान्धीनगर स्थित पञ्चदेव मन्दिरमा पूजाअर्चना गरी नयाँ वर्षको शुरुआत गरे। उनले प्रदेशको सुख, समृद्धि तथा नागरिकहरूको स्वस्थ र सुखी जीवनको कामना गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande