
कुचबिहार, १० नोभेम्बर (हि.स.)। जिल्लामा पुलिसले लागुऔषध तस्करी विरुद्ध ठूलो कारबाही गर्दै एउटा ट्रकबाट लगभग २५ हजार बोतल प्रतिबन्धित कफ सिरप जफत गरेको छ। यस मामिलामा ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।
पुलिस सूत्र अनुसार, माथाभांगा–२ ब्लकको घोक्साडांगा थाना क्षेत्र अन्तर्गत चौपथी इलाकामा मंगलवार बिहान सबेरै पुलिसको एउटा टोलीले पहिलेदेखि नै निगरानी गरिरहेको थियो। शंकास्पद ट्रक त्यहाँ पुग्नेबित्तिकै पुलिसले त्यसलाई रोकेर तलासी शुरु गर्यो। ट्रकमा राखिएका कार्टुनहरूको जाँच गर्दा तिनमा ठूलो परिमाणमा प्रतिबन्धित कफ सिरपका बोतलहरू फेला परे। पुलिसले कूल २४ हजार ६९३ बोतल जफत गरेको छ।
प्रारम्भिक अनुसन्धानमा कफ सिरपको यो ठूलो खेप सिलगढ़ीबाट असम लगिँदै गरेको पत्ता लागेको छ। पुलिसले ट्रक पनि जफत गरेको छ। हाल घोक्साडांगा थानाको पुलिसले यस मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी