
नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। चाडपर्वका समयमा यात्रुहरूको अतिरिक्त भीडलाई ध्यानमा राख्दै उत्तर रेलवेले चण्डीगढ र बरौनी जङ्क्सनबीच आरक्षित विशेष रेलगाडी सञ्चालन गर्ने निर्णय गरेको छ। रेल सङ्ख्या ०४५३८/०४५३७ चण्डीगढ-बरौनी जङ्क्सन-चण्डीगढ विशेष रेलगाडी एक-एक फेरा सञ्चालन गरिनेछ। यसबाट छठ पर्वका अवसरमा बिहार जाने तथा त्यहाँबाट फर्किने यात्रुहरूलाई सुविधा हुनेछ।
उत्तर रेलवेका अनुसार, रेल सङ्ख्या ०४५३८ चण्डीगढ-बरौनी जङ्क्सन विशेष रेलगाडी १० नोभेम्बरमा चण्डीगढबाट प्रस्थान गर्नेछ। त्यसैगरी, फर्कने क्रममा रेल सङ्ख्या ०४५३७ बरौनी जङ्क्सन-चण्डीगढ विशेष रेलगाडी १२ नोभेम्बरमा बरौनीबाट प्रस्थान गर्नेछ। यस रेलगाडीमा वातानुकूलित, शयनयान र सामान्य श्रेणीका डिब्बाहरू उपलब्ध हुनेछन्।
चण्डीगढबाट यो रेल राति १० बजे प्रस्थान गरी अम्बाला छावनी, यमुनानगर-जगाधरी, सहारनपुर, मुरादाबाद, बरेली, लखनउ, रायबरेली, माँ बेल्हा देवी धाम प्रतापगढ, वाराणसी, गाजीपुर सिटी, बलिया, सुरेमनपुर, छपरा, हाजीपुर, मुजफ्फरपुर र समस्तीपुर हुँदै भोलिपल्ट बिहान ३:३० बजी बरौनी जङ्क्सन पुग्नेछ।
फर्कने क्रममा बरौनी जङ्क्सनबाट यो रेल बिहान ६:३० बजी प्रस्थान गरी निर्धारित मार्ग हुँदै भोलिपल्ट दिउँसो १:२० बजी चण्डीगढ पुग्नेछ। रेलवेले यात्रुहरूलाई रेलको समय तथा अन्य जानकारीका लागि नेसनल ट्रेन इन्क्वायरी सिस्टम (एनटीईएस) को वेबसाइट हेर्न वा रेलवे हेल्पलाइन नम्बर १३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी