
खैरागढ़-छुइखादान-गण्डाई, 10 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री तिर्थ दर्शन योजना अन्तर्गत खैरागढ़-छुइखदान-गण्डाई जिल्लाका 21 जना तिर्थयात्रीहरूको टोली मङ्गलवार माँ वैष्णो देवीको दर्शन गर्न जम्मू-कश्मीरको कटरा तर्फ प्रस्थान भए। जिल्ला पञ्चायतका उपाध्यक्ष श्री विक्रान्त सिंहले टोलीलाई हरियो झण्डी देखाएर प्रस्थान गराए। उनले यात्रुहरूको सुखद एवं मङ्गलमय यात्राको कामना पनि गरे।
छत्तिसगढ़ सरकारको निर्देश अनुसार चयन गरिएका तिर्थयात्रीहरूले स्वर्ण मन्दिर र माता वैष्णो देवी तिर्थको भ्रमण गर्नेछन्। भ्रमणको क्रममा टोलीले वाघा सीमाको पनि भ्रमण गर्नेछ।
प्रस्थान गर्नुअघि कलेक्टोरेट परिसरमा अतिथिहरूले तिर्थयात्रीहरूलाई माला लगाएर न्यानो स्वागत अनि शुभकामना दिए। मुख्यमन्त्री तिर्थ दर्शन योजनाले ज्येष्ठ तथा योग्य नागरिकहरूलाई धार्मिक स्थलहरूमा जाने अवसर प्रदान गरिरहेको छ। यस योजनाले उनीहरूको तिर्थयात्राको इच्छालाई साकार बनाइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा