
भोपाल, 10 नोभेम्बर (हि.स.)। मङ्गलवार भारतीय किसान सङ्घ, मजदुर सङ्घ एवं स्वदेशी जागरण मञ्च जस्ता राष्ट्रवादी सङ्गठनका संस्थापक दत्तोपन्त ठेङ्गड़ीको जन्मजयन्ती हो। यस अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले उनलाई स्मरण गर्दै अभिवादन गरेका छन्।
मुख्यमन्त्री डा. यादवले सोशल मिडिया एक्समा ट्विटमा दत्तोपन्त ठेङ्गड़ीको जयन्तीमा नमन गर्दै भने, मजदुर एवं किसानहरूको अधिकार, सम्मान र कल्याणलाई आफ्नो जीवनको लक्ष्य बनाउने श्रद्धेय दत्तोपन्त ठेङ्गड़ीजीको जयन्तीमा सादर नमन गर्दछु। राष्ट्र हित, स्वदेशी विचार तथा सामाजिक सद्भावप्रति उनको समर्पण अनि सङ्गठन निर्माणमा अतुलनीय योगदानले सधैँ प्रेरणा दिनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा