
कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको प्रमुख पर्यटकीय गन्तव्य दिघालाई अझ आधुनिक एवं आकर्षक बनाउन राज्य सरकारले धेरै नयाँ योजनाहरू घोषणा गरेको छ। दिघामा फेरि हेलिकप्टर सेवा शुरु हुनेछ। यसको साथै समुद्र तटमाको किनार झाऊ जङ्गल र म्यानग्रोभ वनको पनि पुनर्विकास गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए सोमवार राती दीघा-शङ्करपुर विकास परिषद् (डीएसडीए)- मा अधिकारीहरूसँग बैठक गरेपछि यस आशयको जानकारी दिएका हुन्।
मुख्यमन्त्रीले बताए, दिघामा पर्यटकहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राख्दै सुविधाहरू विस्तार गरिँदैछ। । पहिला-पहिला दिघाको समुद्र तटमा रहेको झाऊका रूखहरू प्रमुख पर्यटक आकर्षण हुने गर्थ्यो। यी रुखहरू विकास कार्यको क्रममा काटिएका थिए। अहिले झाऊ वन र म्यानग्रोभ वनको पुनर्विकास गर्ने योजना छ। यसले दिघाको प्राकृतिक सौन्दर्यलाई फर्काउनको साथै समुद्र तटको क्षरणलाई रोक्न पनि मद्दत गर्नेछ।
चाँदपुर रअनि शङ्करपुर क्षेत्रमा समुद्री कटाउलाई रोक्नको लागि 200 करोड रुपियाँ दिने निर्णय गरिएको छ। यसबाहेक तालपट्टीदेखि उदयपुरसम्म करिब 27 किलोमीटर लामो तटीय क्षेत्रलाई विभिन्न पर्यटकीय केन्द्रको रूपमा विकास गरिनेछ। यस योजनाको उद्देश्य स्थानीय जनताका लागि रोजगारीको अवसर सिर्जना गर्नु अनि मध्यम तथा न्यून आय भएका परिवारहरूलाई कम लागतमा पर्यटन सुविधा उपलब्ध गराउनु हो।
मुख्यमन्त्रीले बताए, शोलादेखि पेटुआघाटसम्म मरिन ड्राइभ निर्माण गर्ने योजना पनि छ। दिघा, ताजपुर तथा मन्दारमणिमा पहिलाबाटै ठूलो सङ्ख्यामा होटलहरू छन्। अब यी क्षेत्रहरूमा होमस्टेको सुविधालाई पनि प्रवर्द्धन गरिनेछ। तोकिएको पर्यटन क्षेत्रमा चार पलङको नयाँ होमस्टे बनाउनको निम्ति उद्यमीलाई पाँच लाख रुपियाँसम्म अनुदान दिइनेछ।
दिघामा पहिल सञ्चालित हेलिकप्टर सेवा पुनः शुरु गर्ने निर्णय पनि गरिएको छ। यसबाहेक रेलबाट दिघा पुग्ने पर्यटकहरूको सुविधाका लागि बस सेवा शुरु गरिनेछ। यी बसमार्फत पर्यटकहरू मन्दारमणि, ताजपुर एवं चन्दनेश्वर जस्ता पर्यटकीय स्थलहरूमा कम लागतमा पुग्न सक्नेछन्। मुख्यमन्त्री अनुसार दिघा-शङ्करपुर विकास परिषद्ले राज्य पर्यटन तथा यातायात विभागको सहकार्यमा बस सञ्चालन गर्नेछ।
--------
/ बिशाल