जङ्गलमा हात्तीहरूमाथि बलेको पुल्ठो फालेको आऱोप, वन विभागले अनुसन्धान गर्ने
हाथियों का दल


मेदिनीपुर, 10 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको जङ्गलमा हात्तीहरूलाई लखेट्दा जलिरहेको पुल्ठो (मशाल) फ्याँकिएको घटना प्रकाशमा आएको छ। घटनाको भिडियो इन्टरनेट मिडियामा प्रसारित भएपछि कड़ा आलोचना भइरहेको छ। यस मामिलालाई गम्भीरताको साथमा लिँदै वन विभागले अनुसन्धान गरी उचित कारबाही गर्ने आश्वासन दिएको छ।

जानकारी अनुसार पश्चिम मेदिनीपुर जिल्लाको जङ्गलमहल क्षेत्रमा अहिलेघरि जङ्गली हात्तीहरूको आवागमन कायम रहेको छ। एकातिर काली पूजा भइरहेको छ भने अर्कातिर जङ्गलमहलमा बाँधना पर्व मनाइँदैछ। हात्तीहरूको आवागमन भइरहेकोले गाउँलेहरूलाई सतर्कता अपनाएर यो पर्व मनाउनुपरेको छ।

वन विभागका अधिकारीहरू अनुसार हात्तीहरूलाई जनघनत्व क्षेत्रमा प्रवेश गर्न नदिन सतर्कता अपनाइरहेको छ। यसको लागि हुला पार्टीलाई पनि खटाइएको छ। यसबीच मेदिनीपुर सदर ब्लकको आउसाबाँदी गाउँको जङ्गलमा हात्तीमाथि हुला पार्टीका सदस्यहरूले आगोको पुल्ठो फालेको आरोप लागेको छ।

जानकारी अनुसार गए सोमवार साँझ भादुतला रेञ्जको गड़मालदेखि चाँदड़ा रेञ्जको शुकनाखाली जङ्गल तर्फ हात्तीहरूको झुण्ड गइरहेको थियो। यसैबीच हात्तीहरूलाई आवासीय क्षेत्रदेखि टाढा गहिरो जङ्गलतिर लैजान हुला पार्टीका सदस्यहरू त्यहाँ उपस्थित थिए। यस अवधि हात्तीहरूलाई लक्षित गर्दै एकपछि अर्को गर्दै धेरै वटा बलिरहेका मशालहरू फालिएको आरोप लगाइएको छ। यीमध्ये केही मशाल हात्तीको शरीरमा पनि झरेका थिए।

घटनाको भिडियो इन्टरनेट मिडियामा प्रसारित भएपछि वन्यजन्तुप्रतिको यस्तो व्यवहारमाथि प्रश्न उठाइएको छ। यद्यपि भिडियोको प्रमाणिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

मेदिनीपुरका डिभीजनल फरेस्ट अफिसर (डीएफओ) स्टिफन जस्टिनले कुनै पनि परिस्थितिमा यस्तो घटना हुन नहुने बताए। यस विषयमा अनुसन्धान भइरहेको छ र कसले जलिरहेको मशाल फ्याँकेको हो भन्ने कुराको पनि पत्तो लगाइरहेको छ, उनले भने। अनुसन्धानपछि उचित कारबाही हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande