
जगदलपुर, 10 नोभेम्बर (हि.स.)। जिल्लाको परपा थाना अन्तर्गत गिदम रोडमा अवस्थित एक कबाड़ी पसलमा हिजो राती आगलागी भयो। आगो तीव्र गतिमा फैलिएको कारणले पसलमा राखिएका कबाड़ एवं अन्य सामानहरू जलेर भस्म भयो। पहिलो दृष्टया आगलागी पटाकाको कारणले भएको अनुमान गरिएको छ। तर आगलागीको वास्तविक कारण अझै थाहा हुन सकेको छैन।
पुलिसबाट प्राप्त जानकारी अनुसार गत राती गिदम रोडस्थित कबाड़ी पसलबाट अचानक आगलागी शुरु भयो। आगलागीमा पसलमा भण्डार गरिएका सामानहरू जलेर नष्ट भयो। वरपरका मानिसहरूले पसलमा आगो बलिरहेको देखे। त्यसपछि पुलिसलाई सूचित गरियो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर आगो निभाउने प्रयास शुरु गऱ्यो। आगलागीमा पसलमा सञ्चित कबाड़ एव अन्य सामानहरू धेरै हदसम्म जल्यो। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। साथै पसलमा भएको नोक्सानको मूल्याङ्कन पनि स्पष्ट हुन सकेको छैन।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा