भूमि विवादलाई लिएर कोलियाबरको बरघुलीमा  गोली चल्यो,  तीन जना घाइते
बरामद खाली कारतूस की तस्वीर।


नगाउँ (असम), 10 नोभेम्बर (हि.स.)। असमको नगाउँ जिल्लास्थित कोलियाबर क्षेत्रको बरघुलीमा भूमि विवादलाई लिएर भएको गोलीकाण्डमा तीन जना मानिसहरू घाइते भए।

आज प्राप्त जानकारी अनुसार जमीनको विवादलाई लिएर दुई पक्षबीच विवाद बढेपछि हिजो राती गोली हानाहान भएको थियो जसमा तीन जना मानिसहरू घाइते भए। घाइते दुई जनालाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि यस क्षेत्रमा तनावउको वातावरण सृजना भएको छ। घटनाबाट स्थानीय जनता आतङ्कित भएका छन्।

घाइतेहरूको पहिचान रुस्तम अली, अतर अली र अब्दुल बारेकको रूपमा भएको छ। पुलिसले घटनास्थलबाट दुईवटा खाली कार्ट्रिज र एउटा डाओ बरामद गरेको छ। तर यस सम्बन्धमा कसैलाई पक्राउ भने गरिएको छैन। जमीनको विवाद भएको कारण अर्को पक्षले बाहिरबाट मानिसहरूलाई बोलाएर आक्रमण गरेको पीडितहरूले आरोप लगाएका छन्।

यसैबीच सूचना पाएर सुलुङ्ग पुलिस घटनास्थलमा पुग्यो अनि घटनास्थलबाट खाली कार्ट्रिज, एउटा दाओ (धारदार हतियार) तथा लट्ठीहरू बरामद गऱ्यो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande