

डीग, 10 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री भजनलाल शर्माले मङ्गलवार गोवर्धन पूजा पर्वको अवसरमा डीग जिल्ला अधिनस्थ पुँछरीको लोठास्थित मुकुट मुख्रारविन्द मन्दिर तथा श्रीनाथजी मन्दिरमा पूजा गरे। उनले राज्य अनि यहाँका जनताको शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे।
यस अवधि मुख्यमन्त्रीले भक्तहरूसित भेट गरी उनीहरूलाई दीपावलीको राम-श्यामाको तथा दिपोत्सवको शुभकामना दिए।
गृह राज्यमन्त्री जवाहर सिंह बेधम, अन्य जन प्रतिनिधि तथा ठूलो सङ्ख्यामा भक्तहरू यस अवसरमा उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा