सामाजिक सञ्जालमा मुख्यमन्त्रीविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा पुलिस निरीक्षक इखलाक अहमद निलम्बित
कोलकाता पुलिस


कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्नाले कोलकाता पुलिसका एकजना अधिकारीलाई ठूलो मूल्य चुकाउनु पऱ्यो। कोलकाताका पुलिस आयुक्त अजय नन्दले गए सोमवार राती आधिकारिक आदेश जारी गरी कलकत्ता मेडिकल कलेज एवं अस्पताल आउट पोस्टका पूर्व प्रभारी (निरीक्षक) इखलाक अहमदलाई तत्काल प्रभावबाट निलम्बन गरिदिए ।

मङ्गलवार प्रकाशमा आएको उक्त आदेशमा पुलिस आयुक्तले इन्स्पेक्टर इखलाक अहमद, जसको हालैमा कोलकाता सशस्त्र पुलिसको पहिलो बटालियनमा स्थानान्तरण भएकोथियो,- लाई उनको आचरणको जाँच पूरा नहुञ्जेलसम्मको लागि निलम्बन गरिदिएका छन्। आधिकारिक आदेशमा स्पष्ट पारिएको छ, पश्चिम बङ्गाल सरकारका अधिकारीहरू तथा प्रशासनविरुद्ध सोशल मिडिया प्लेटफर्महरूमा गरिएको उनको टिप्पणी सार्वजनिक सेवाको हितका लागि पूर्ण रूपमा प्रतिकूल जसले गर्दा यो कड़ा अनुशासनात्मक कारबाही गरिएको हो।

निलम्बन आदेशमा थप भनिएको छ, यस अवधिमा इन्स्पेक्टर अहमदलाई नियम अनुसार उनको आधारभूत वेतनको आधा भाग तथा अन्य स्वीकार्य भत्ता निर्वाहको रूपमा मात्र दिइनेछ। यसको साथै पुलिस आयुक्तले निलम्बित इन्स्पेक्टरलाई आफ्ना सबै सरकारी किट र सामानहरू तत्काल प्रभावबाट कोलकाता पुलिसको सेन्ट्रल डिभिजनको रिजर्भ अफिसरमा जम्मा गर्न कड़ा निर्देशन दिएका छन्। पुलिस विभागमा यो कारबाहीलाई अनुशासन कायम गर्न कडा सन्देशका रूपमा हेरिएको छ।

उल्लेख्य, अहमदले एउटा सोशल मिडिया ग्रुपमा मुख्यमन्त्रीलाई मृत्युको व्यापारी भनेका छन् जसको स्क्रिनशट सार्वजनिक भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande