
सिलगढ़ी, 10 नोभेम्बर (हि.स.)। सिलगढ़ीको ट्राफिक पुलिस बूथ नजिकै बेवारिसे ब्यागबाट प्रचुर मात्रामा कारतुस भेटिएको घटनाले क्षेत्रमा आतङ्क फैलियो। फूलबाड़ी संलग्न फुलेश्वरीको आईओसी मोड़मा यो घटना भएको हो। मङ्गलवार बिहान एकजना स्थानीय बासिन्दाले ट्राफिक पुलिस बूथ अगाडि सन्दिग्ध ब्याग देखे। ब्यागको जाँच गर्दा त्यसमा ठुलो सङ्ख्यामा कारतुस थिए।
घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाएपछि एनजेपी पुलिस स्टेशनको पुलिस घटनास्थलमा पुग्यो अनि कारतुसहरूलाई जफत गऱ्यो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। स्थानीयहरूसित सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा