
सिलगढ़ी, 10 नोभेम्बर (हि.स.)। भक्तिनगर पुलिस स्टेशन अन्तर्गत हैदरपाड़ा हरिजन बस्तीको सर्वमङ्गला रोडमा रहेको तीन तले भवनमा सोमलार राती आगलागी भएपछि उक्त क्षेत्रमा आतङ्क फैलियो। सूचना पाएपछि दमकलका तीन वटा वाहन घटनास्थलमा पुगे अनि एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रित गरियो।
तेस्रो तलामा राखिएका पटाकाबाट निस्केको स्पार्कको कारणले आगलागी भएको आशङ्का गरिएको छ। भवनमा प्रचुर मात्रामा किराना सामान र फोहोर अवैध रूपमा राखिएको स्थानीयको आरोप छ। पर्याप्त अग्नि नियन्त्रण प्रणाली नभएको आरोप पनि लागेको छ।
स्थानीय विधायक तथा राज्यमन्त्री शङ्कर घोष घटनाको खबर सुनेर घटनास्थलमा पुगे। उनले भवनको अग्नि नियन्त्रण प्रणालीको अनुसन्धान गर्न तथा कथित अनियमितताहरूको विस्तृत अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिए। आगलागीको वास्तविक कारण पत्तो लगाउन अग्निशमन विभाग एवं पुलिसले अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा