
डिब्रुगढ़ (असम), 10 नोभेम्बर (हि.स.)। असममा डिब्रुगढ़ शहरको उत्तरी अमोलापट्टी क्षेत्रमा मङ्गलवार भीषण आगलागी भयो। यस आगलागीको घटनामा धेरै वटा घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आज प्राप्त जानकारी अनुसार केही ग्यास सिलिण्डरहरूमा विस्फोट भएपछि आगलागीले गम्भीर रूप लियो। हेर्दा-हेर्दै आगोले वरपरका धेरै वटा घरहरूमा फैलियो जसबाट क्षेत्रमा आतङ्क फैलियो।
तातु नामक व्यक्तिको घरका सामानहरू यस आगलागीमा जलेर नष्ट भएको छ।
आगो नियन्त्रण गर्न र यसलाई फैलिनबाट रोक्ने प्रयासमा स्थानीय मानिसहरू घाइते भएका छन्। घटनामा सम्पत्तिको व्यापक क्षति भएको बताइएको छ। आगलागीबाट प्रभावित परिवारलाई ठूलो क्षति पुगेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा