अदनानको पार्थिव शरीर श्रीनगर आइपुग्यो, अन्तिम संस्कारको लागि सोपोर लगियो
अदनानको पार्थिव शरीर श्रीनगर आइपुग्यो, अन्तिम संस्कारको लागि सोपोर लगियो


श्रीनगर, 10 नोभेम्बर (हि.स.)। गत 4 नोभेम्बरमा बङ्गलादेशमा ज्यान गुमाएका कश्मीरी एमबीबीएस विद्यार्थी अदनान अल्ताफ राथरको शव मङ्गलवार बिहान श्रीनगर एयरपोर्टमा आइपुग्यो। उनको पार्थिव शरीरलाई आज बिहान श्रीनगर विमानस्थलमा आइपुगेपछि अन्तिम संस्कारको लागि उत्तरी कश्मीरको बारामुल्ला जिल्लास्थित सोपोर क्षेत्रमा रहेको उनको पैतृक गाउँमा लगिँदैछ।

शवलाई सोपोरसम्म पुऱ्याउनको लागि विमानस्थलमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो। यसबीच जम्मू-कश्मीर विद्यार्थी सङ्घले अदनानको अन्तिम संस्कार बिहान11:15बजे गरिने बताएको छ।

एसोसिएशनले मुख्यमन्त्री उमर अब्दुल्ला र उनका सल्लाहकार नासिर सोगमीप्रति कृतज्ञता व्यक्त गरेको छ। उनीहरूले समयमै हस्तक्षेप गरेर श्रीनगर विमानस्थलबाट परिवारको पैतृक स्थानमा शव ढुवानी गर्न एम्बुलेन्स तखा अन्य आवश्यक व्यवस्था सुनिश्चित गरे।

सोपोरका बासिन्दा अदनान बङ्गलादेशमा एमबीबीएस पढ्दै थिए जहाँ नोभेम्बर 4- मा उनको मृत्यु भएको थियो। उनको पार्थिव शरीरलाई सोमवार साँझ नयाँ दिल्ली लगिएको थियो भने मङ्गलबार बिहान श्रीनगरमा ल्याइयो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande