
काठमाडौँ, १० नोभेम्बर (हि.स.)। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्वेन्शनको 31ओं कन्फ्रेन्स अफ पार्टीजमा सहभागी हुन टर्की प्रस्थान गरेका छन्।
वाग्ले टर्किस एयरलाइन्सको उडानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जलवायु सम्मेलनको आयोजक शहर अन्ताल्याका लागि प्रस्थान गरेका हुन्।
सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन तथा दिगो आर्थिक विकाससँग सम्बन्धित विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन्। यस क्रममा उनले करिब आधा दर्जन उच्चस्तरीय सत्रहरूमा सहभागी हुने कार्यक्रम रहेको छ।
नोभेम्बर ९ देखि शुरु भएको सम्मेलन नोभेम्बर २० मा सम्पन्न हुनेछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन्। अर्थमन्त्री वाग्ले नोभेम्बर १५ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल