
नगाउँ (असम), १० नोभेम्बर (हि.स.)। असमको नगाउँ जिल्लास्थित सामागुरी क्षेत्रमा एकजना अविवाहित आमाले आफ्नो नवजात शिशुलाई मात्र 3 हजार रुपियाँमा बेचेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। उक्त घटनामा नगाउँ मेडिकल कलेज एवं अस्पतालकी नर्सको भूमिका पनि शङ्कास्पद रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार युवतीको दिव्यांश कुमार नमक युवकसँग प्रेम सम्बन्ध रहेको थियो। केटी गर्भवती भएपछि युवकले उनीसँग विवाह गर्नुको सट्टा भागेको आरोप लगाइएको छ।
त्यसपछि युवतीले कथित रूपमा सामाजिक कलङ्कबाट बच्न आफ्नो नवजात शिशुलाई बेचिदिइन्। यस सम्पूर्ण मामिलामा नगाउँ मेडिकल कलेज एवं अस्पतालकी एकजना नर्सले पनि उनलाई सहयोग गरेको बताइएको छ।
घटनापछि यस क्षेत्रमा खैलाबैला मच्चिएको छ। यद्यपि नवजात शिशुको पुनःप्राप्ति अनि मुद्दामा थप कारबाहीको विवरणको प्रतिक्षा छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा