न्यू जलपाइगढ़ी रेलवे स्टेशन नजिकै हतियारको ठूलो भण्डार जफत
जिंदा कारतूस से भरा बैग


सिलगढ़ी, १० नोभेम्बर (हि.स.)। न्यू जलपाइगढ़ी रेलवे स्टेशन नजिकैबाट १५० राउन्ड गोली जफत गरिएको छ। यति ठूलो परिमाणमा गोली फेला परेपछि सम्पूर्ण क्षेत्रमा खैलाबैला फैलिएको छ।

स्थानीय सूत्र अनुसार, मंगलवार बिहान निताई शील नाम गरेका एक व्यक्तिले न्यू जलपाईगढ़ी रेलवे स्टेशनबाट केही दूरीमा रहेको फुलेश्वरी स्थित इन्डियन आयल डिपो नजिकै एउटा बेवारिसे झोला देखे। शंका लागेपछि उनले झोलाको जाँच गर्दा त्यसभित्र ठूलो परिमाणमा गोली फेला पारे। उनले यसबारे एनजेपी थानालाई जानकारी दिए।

सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र झोला जफत गरी त्यसमा राखिएका गोलीहरू जफत गर्यो। महत्त्वपूर्ण रेलवे स्टेशन र डिपो नजिकै यसरी हतियारको ठूलो भण्डार फेला परेपछि सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठ्न थालेका छन्। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

यस घटनाप्रति चिन्ता व्यक्त गर्दै पर्यटन मन्त्री शंकर घोषले यस सम्पूर्ण मामिलालाई लिएर सिलगढ़ी पुलिस कमिस्नरेटसँग कुराकानी गर्ने बताएका छन्। उनले यति ठूलो परिमाणमा गोली कहाँबाट आयो र यसका पछाड़ी कुनै आपराधिक सञ्जाल सक्रिय छ कि छैन भन्ने प्रश्न उठाएका छन्।

मन्त्रीले यस मामिलाको गहन अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले पुलिस आयुक्तसँग कुराकानी गरेपछि यस सम्बन्धमा विस्तृत जानकारी दिनसक्ने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande