राष्ट्रिय स्वच्छता पुरस्कार : राष्ट्रपति मुर्मुले ११ नोभेम्बरमा छत्तीसगढ़का रायपुर, बिलासपुर र बिल्हालाई सम्मानित गर्ने
राष्ट्रपति द्रौपदी मुर्मु


रायपुर, १० नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले स्वच्छ सर्वेक्षण २०२५–२६ का राष्ट्रिय पुरस्कारका लागि छनोट भएका छत्तीसगढ़का तीनवटा नगरीय निकाय रायपुर, बिलासपुर र बिल्हालाई ११ नोभेम्बरमा सम्मानित गर्नेछिन्।

नयाँ दिल्ली स्थित विज्ञान भवनमा ११ नोभेम्बर बिहान ११:३० बजीदेखि आयोजना हुने समारोहमा राष्ट्रपतिले यी निकायहरूलाई स्वच्छताको क्षेत्रमा उत्कृष्ट प्रदर्शनका लागि पुरस्कार प्रदान गर्नेछिन्।

प्रदेशका उपमुख्यमन्त्री अरुण सावको कार्यालय अनुसार, केन्द्रिय आवासन तथा शहरी मामिला मन्त्रालयद्वारा आयोजित यस समारोहमा केन्द्रिय आवासन तथा शहरी मामिला मन्त्री मनोहर लाल र केन्द्रिय राज्यमन्त्री तोखन साहू पनि सहभागी हुनेछन्। छत्तीसगढ़का तर्फबाट उपमुख्यमन्त्री एवं नगरीय प्रशासन तथा विकास मन्त्री अरुण साव, प्रमुख सचिव सोनमणि बोरा, सुडाका मुख्य कार्यपालक अधिकारी सुमीत अग्रवाल सहित छनोट भएका नगरीय निकायका जनप्रतिनिधि, अधिकारी तथा सरसफाइकर्मीहरू सहभागी हुनेछन्।

स्वच्छ सर्वेक्षणको दशौं संस्करणमा छत्तीसगढ़का तीन शहर राष्ट्रिय पुरस्कारका लागि छनोट हुनु प्रदेशका लागि महत्त्वपूर्ण उपलब्धि हो। यस वर्ष सर्वेक्षणको विषयवस्तु ‘स्वच्छताको नयाँ पहल—हात बढ़ाऔँ, सँगै मिलेर सफाइ गरौँ’ राखिएको छ। यस मार्फत स्वच्छता अभियानमा सामूहिक जिम्मेवारी र नागरिकहरूको सहभागितालाई प्रोत्साहन गरिएको छ।

यस उपलब्धिमा नगरीय निकायका अधिकारी तथा कर्मचारीसँगै सफाइ मित्रहरू र स्थानीय नागरिकहरूको सक्रिय भूमिका रहेको छ। उल्लेखनीय छ कि स्वच्छ सर्वेक्षणको अघिल्लो संस्करणमा पनि रायपुर, बिलासपुर र बिल्हाले राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande