छठ पर्वलाई ध्यानमा राख्दै ११ नोभेम्बरमा दिल्लीबाट ३१ वटा विशेष रेल सञ्चालन गर्ने तयारी
छठ पर्वलाई ध्यानमा राख्दै ११ नोभेम्बरमा दिल्लीबाट ३१ वटा विशेष रेल सञ्चालन गर्ने तयारी


नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। छठ पर्वका क्रममा यात्रुहरूको बढ्दो भीड़लाई ध्यानमा राख्दै उत्तर रेलवेले दिल्ली क्षेत्रका प्रमुख रेलवे स्टेशनहरूमा व्यापक व्यवस्था गरेको छ। पूर्वी भारततर्फ जाने यात्रुहरूको सुविधाका लागि विशेष रेलगाड़ीहरू सञ्चालन गरिँदैछन्। रेलवेले ११ नोभेम्बरमा दिल्ली क्षेत्रका प्रमुख स्टेशनहरूबाट ३१ वटा विशेष रेलगाडी सञ्चालन गर्ने योजना बनाएको छ।

मुख्य जनसम्पर्क अधिकारी हिमांशु शेखर उपाध्यायले बताए अनुसार, मङ्गलवार दिल्ली क्षेत्रका प्रमुख रेलवे स्टेशनहरूबाट कूल २७ वटा विशेष रेलगाड़ी सञ्चालन गर्ने तालिका निर्धारण गरिएको छ। यसमा आनन्द विहार टर्मिनलबाट ९ वटा, नयाँ दिल्लीबाट ६ वटा, शकुरबस्तीबाट ५ वटा, दिल्ली जंक्शनबाट ३ वटा, हजरत निजामुद्दीनबाट ३ वटा र रोहतकबाट एउटा विशेष रेलगाड़ी समावेश छन्।

०९ नोभेम्बरमा यात्रुहरूको भीडलाई ध्यानमा राख्दै पहिले नै निर्धारित २३ वटा विशेष रेलगाड़ीका अतिरिक्त अल्प सूचनामा ६ वटा अनारक्षित विशेष रेलगाड़ी पनि सञ्चालन गरिएको थियो। यसरी यात्रुहरूको अतिरिक्त भीड़ नियन्त्रण गर्न र उनीहरूलाई गन्तव्यसम्म पुर्याउन रेलवेले निरन्तर अतिरिक्त व्यवस्था गरिरहेको छ।

उत्तर रेलवेका मण्डल रेल प्रबन्धक, अतिरिक्त मण्डल रेल प्रबन्धक सहित मुख्यालय र मण्डलका वरिष्ठ अधिकारीहरूले प्रमुख रेलवे स्टेशनहरूमा यात्रुहरूको भीड़को निरन्तर निगरानी गरिरहेका छन्। मङ्गलवार पनि भीड़को अवस्थामाथि निगरानी राखिएको छ र आवश्यकता परेको खण्डमा थप विशेष रेलगाड़ीहरू सञ्चालन गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande