विष्णुपुर घरानाका प्रख्यात सितारवादक पद्मश्री पण्डित मणिलाल नागको निधन
मणिलाल नाग


कोलकाता, १० नोभेम्बर (हि.स.)। विष्णुपुर घरानाका प्रख्यात सितारवादक पण्डित मणिलाल नागको सोमबार अबेर राति कोलकाताको एक अस्पतालमा निधन भएको छ। उनी ८७ वर्षका थिए। उहनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। उनकी छोरी मीता नाग पनि प्रख्यात सितारवादक हुन्। उनले आफ्ना पछाडि असङ्ख्य शिष्यहरूको एउटा ठूलो परिवार छोडेर गएका छन्।

वयोवृद्ध सितारवादक उमेरसँग सम्बन्धित रोगहरूका कारण लामो समयदेखि अस्वस्थ थिए। १९३९ मा जन्मेका मणिलाल नागले सङ्गीतको शिक्षा विरासतमा प्राप्त गरेको थियो। उनका पिता गोकुल नाग पनि विष्णुपुर घरानाका प्रतिष्ठित सितारवादक थिए र उनले सङ्गीतको प्रारम्भिक शिक्षा आफ्नै पिताबाट प्राप्त गरेको थियो। आफ्नो लामो र सफल सांगीतिक यात्राका क्रममा उनले देश तथा विदेशका धेरै प्रतिष्ठित मञ्चहरूमा आफ्नो वादनको जादु देखाए र विष्णुपुर घरानाको समृद्ध परम्परालाई विश्वस्तरमा पहिचान दिलाए।

सङ्गीतको क्षेत्रमा उनले पुर्याएका अमूल्य योगदानका लागि उनलाई धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मानबट सम्मानित गरिएको थियो। २००१ मा उनलाई प्रतिष्ठित सङ्गीत नाटक अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो। २०२० मा उनलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरिएको थियो।

पण्डित मणिलाल नागको परिवारका अनुसार, मङ्गलबार उनको पार्थिव शरीरलाई उनको निवासबाट राज्य सङ्गीत अकादमीमा लगिनेछ, जहाँ उहाँका प्रशंसक तथा सङ्गीतप्रेमीहरूले अन्तिम दर्शन गर्न सक्नेछन्। त्यसपछि उनको अन्त्येष्टि काशीपुर महाश्मशानमा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande