
पटना, 10 नोभेम्बर (हि.स.)। बिहार प्रदेश कङ्ग्रेस कमिटीका प्रदेश प्रवक्ता नदिम अन्सारीले सोनिया गान्धीको पुस्तक बिलोङ्गिङ्गः अ जर्नी अफ लभ लाई सङ्घर्ष, त्याग, धैर्य र समर्पणको प्रेरणादायी जीवन यात्रा बताए।
नदिम अन्सारीले भने, सोनिया गान्धीको जीवन राजनीतिको मात्र नभई परिवार, सम्बन्ध, सङ्घर्ष एवं जिम्मेवारीको कथा हो। उनले कठिन परिस्थितिमा साहस अनि धैर्यको साथमा आफ्नो जीवनका चुनौतिहरूको सामना गरिन्।
उनले भने, सोनिया गान्धीको जीवनले हामीलाई सिकाउँछ कि व्यक्तिको साँचो पहिचान उसको स्थितिबाट होइन, तर उसको सङ्घर्ष, विचार र मूल्यबाट निर्धारित हुन्छ।
नदिम अन्सारीले देशवासी, विशेष गरी युवाहरूलाई 'बिलोङ्गिङ्गः अ जर्नी अफ लभ' पुस्तक सकेसम्म पढ्न र सोनिया गान्धीजीको जीवन, सङ्घर्ष एवं व्यक्तित्व जान्न तथा बुझ्ने प्रयास गर्न अपील गरे। पुस्तकले महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वको मानवीय अनि भावनात्मक पक्ष बुझ्ने अवसर प्रदान गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा