
नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। चाड़पर्वको समयमा यात्रुहरूको अतिरिक्त भीड़लाई ध्यानमा राख्दै उत्तर रेलवेले यात्रुहरूको सुविधाका लागि एउटा अनारक्षित फेस्टिभल स्पेशल रेल सञ्चालन गर्ने निर्णय गरेको छ। यो रेल आनन्द विहार टर्मिनलदेखि भागलपुरसम्म सञ्चालन गरिनेछ।
उत्तर रेलवे अनुसार, रेल नम्बर ०४४७८ आनन्द विहार टर्मिनल–भागलपुर अनारक्षित फेस्टिभल स्पेशल १० नोभेम्बरका दिन दिउँसो १:४५ बजी आनन्द विहार टर्मिनलबाट प्रस्थान गर्नेछ। यो रेल रेल नम्बर १२३६८ विक्रमशिला एक्सप्रेसको निर्धारित मार्ग भएर सञ्चालन हुनेछ।
यात्राका क्रममा यस रेलको ठहराव गाजियाबाद, अलीगढ़, टूण्डला, कानपुर सेन्ट्रल, प्रयागराज जंक्शन, पण्डित दीनदयाल उपाध्याय जंक्शन, बक्सर, आरा, पटना जंक्शन, फतुहा, बख्तियारपुर, बाढ़, मोकामा, हाथीदह जंक्शन, लखीसराय जंक्शन, किउल, जमालपुर र सुल्तानगञ्ज रेलवे स्टेशनहरूमा हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी