
-घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर, मेडिकल कलेजमा रेफर
फतेहपुर, 10 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा मङ्गलवार असोथर बजारमा किनमेल गरेर घर फर्किरहेका मोटरसाइकल सवार तीन जना मानिसहरू अनियन्त्रण भएर सड़क किनारको खेतमा झरे। घटनामा एकजनाको मृत्यु भयो भने अन्य दुई जना घाइते भए।
असोथर पुलिस थाना अन्तर्गत जरौली निवासी (45), पुत्र स्वर्गीय मतु,मेकु निषाद (40), पुत्र शिव बहादुर तथा उत्तम निषाद (35), पुत्र पुतानी एउटा मोटरसाइकलमा सवार भएर असोथर बजारमा घरेलु सर-सामग्रीहरू किनमेल गर्न गएका थिए। किनमेल गरेर घर फर्किँदा उनीहरूको मोटरसाइकल अनियन्त्रित भएर सड़क किनारमा खेतमा झऱ्यो। घटनामा राजु रायदासको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना घाइते भए। मैकुको अवस्था गम्भीर भएपछि डाक्टरले उनलाई मेडिकल कलेजमा रेफर गरिदिए।
घटनाको जानकारी पाएपछि जरौली चौकीका प्रभारी राकेश शर्मा पुलिस टोली सहित घटनास्थल पुगे। घाइतेहरूलाई जिल्ला अस्पतालमा लगेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइयो अनि परिवारका सदस्यहरूलाई घटनाको जानकारी दिइएको चौकी प्रभारीले बताए। कानुनी कारबाही भइरहेको छ।
--------
/ बिशाल