कार सर्भिस सेन्टरमा आगलागी, केही वाहनहरू जलेर स्वाहा
कार सर्भिस सेन्टरमा आगलागी, केही वाहनहरू जलेर स्वाहा


फर्रुखाबाद, 10 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको फर्रुखाबादको कादरी गेट थाना क्षेत्रमा रहेको कार सर्भिस सेन्टरमा भयानक आगलागी भएको कारणले व्यापक खैलाबैला मच्चियो। आगलागीको चपेटमा परी सर्भिस सेन्टरमा पार्क गरिएका थुप्रै वाहनहरू जलेर नष्ट भएका छन्। आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। दमकलकर्मीहरूले केही प्रयासपछि आगो निभाउन सफल भए। घटनास्थलमा पुगेका सिटी मेजिस्ट्रेट पारुल तरारले आगो निभाइएपछि भवनको निरीक्षण गरे। निरीक्षणमा थुप्रै त्रुटिहरू फेला परेपछि जिल्ला प्रशासनले अनुसन्धान गर्ने कुरा गरेका छन्।

थाना क्षेत्रको ठण्डी सड़कमा रहेको कार सर्भिसिङ्ग सेन्टरमा अज्ञात कारणले अचानक आगलागी भयो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो। सर्भिसिङ सेन्टरमा पार्क गरिएका धेरैवटा वाहनहरू आगोको चपेटमा परेर खरानी भए।

ह्वार-ह्वारती बलिरहेको आगोले वरपरका आवासीय क्षेत्रमा आतङ्क फैलायो। स्थानीयहरूले तुरुन्तै फायर ब्रिगेडलाई सूचित गरे। दमकलकर्मीहरू केही प्रयासपछि आगो निभाउन सफल भए। घटनाको जानकारी पाएपछि नगर मेजिस्ट्रेट पारुल तरार पनि घटनास्थलमा पुगिन्। आगो निभाएपछि उनले सर्भिसिङ सेन्टरको भवनको निरीक्षण गरिन्। निरीक्षणको क्रममा भवनमा धेरै त्रुटिहरू फेला परेका थिए। भवनमा भएका त्रुटिहरूलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले अनुसन्धान गर्ने नगर मेजिस्ट्रेटले जानकारी दिइन्। आगलागीको कारण अनि क्षतिको परिमाणको मूल्याङ्कन भइरहेको छ। हाल प्रशासनको जाँचपछि नै आगलागीको कारण तथा भवनमा फेला परेका त्रुटिहरूको अवस्था स्पष्ट हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande