
हरिद्वार, 10 नोभेम्बर (हि.स.)। लक्सर क्षेत्रको रेलवे ट्रयाकमा लगातार दोस्रो दिन शव फेला परेपछि सनसनी फैलियो। मङ्गलवार रायसी चौकी क्षेत्रमा लक्सर-रायसीबीचको रेलवे स्टेशन नजिकै रेलले ठक्कर दिएपछि एकजना अज्ञात व्यक्तिको मृत्यु भयो। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदियो। अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन।
पुलिस अनुसार मङ्गलवार रेलवे कन्ट्रोल रुम मुरादाबादबाट सूचना प्राप्त भयो, लक्सर तथा रायसीबीच रेलवे ट्र्याकमा पिलर नम्बर 19 नजिकै एकजना व्यक्तिलाई रेलको चपेटमा परेको छ। सूचना पाएपछि उप-निरीक्षक यशवीर सिंह नेगी पुलिस टोली सहित घटनास्थलमा पुगे। अनुसन्धानको क्रममा एकजना 45 देखि 50 वर्षीय व्यक्ति मृत फेला परे। उनको निधारमा गम्भीर चोट लागेको थियो भने एउटा खुट्टा पनि भाँचिएको थियो।
पुलिसले वरपरका मानिसहरूबाट मृतकको पहिचान गर्ने प्रयास गऱ्यो, तर सफल हुन सकेन। मृतकले क्रिम रङ्गको भेस्ट, खैरो भित्री, नीलो कालो सर्ट, खैरो स्वेटर, पहेँलो निकर र कालो प्यान्ट लगाएका थिए। पुलिसले शवलाई रुर्कीको मुर्दाघरमा राखेको छ र पञ्चनामा सहित कानुनी कारबाही शुरु गरेको छ।
सोमवार पनि लक्सर क्षेत्रको दोसनी रेलवे ट्र्याकमा अज्ञात महिलाको शव फेला परेको थियो। लगातार दोस्रो दिन रेल ट्रयाकमा शव फेला परेपछि यस क्षेत्रमा चर्चा शुरु भएको छ। पुलिसले दुवै मामिलामा आवश्यक कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा