
गुवाहाटी, 11 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भातृ द्वितीयाको पावन अवसरमा राज्यका सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरू लगायत सम्पूर्ण असमवासीहरूलाई हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले सोशल मिडियामा जारी एक सन्देशमा भने, हाम्रो शाश्वस संस्कृतिको यो पवित्र तिहारले दाज्यु-बहिनी एवं दिदी-भाइमा निःस्वार्थ प्रेम, विश्वास औ सुरक्षाको बन्धनलाई अझ मजबुत बनाउँछ। उनले भने, दिदी-बहिनीहरूले आफ्ना दाज्यु-भाइहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै गरिने प्रार्थनाले हाम्रो सामाजिक जीवनमा पारिवारिक मूल्यको महत्वलाई दर्शाउँछ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कामना गरे, चेली-माइतीको सम्बन्धो यो अनौठो बन्धनले प्रत्येक परिवारमा सुख, शान्ति र समृद्धि लिएर आआस्।
उनले सबैलाई भातृ द्वितीयाको हार्दिक शुभकामना दिए।
------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा