केन्द्रिय मन्त्री मार्घेरिटाले श्मशान आधुनिकीकरणको लागि एक करोड़ अनुदानको घोषणा गरिन्
असमः जोरहाट में आयोजित गणतंत्र बचाओ अराजकता हटाओ संगोष्ठी में उपस्थित केंद्रीय मंत्री पवित्र मार्घेरिटा, विधायक हितेन्द्र नाथ गोस्वामी समेत अन्य गणमान्य व्यक्ति।


जोरहाट (असम), 11 नोभेम्बर (हि.स.)। आज जोरहाटमा आयोजित एक कार्यक्रममा जोरहाट ताराजन श्मशानको आधुनिकीकरणको लागि केन्द्रिय विदेश राज्यमन्त्री पवित्रा मार्घेरिटाले आफ्नो सांसद विकस कोषबाट एक करोड़ रुपियाँ अनुदान दिने घोषणा गरिन्।

साथै उनले औपचारिक रूपमा घोषणा गरिन्, गोलाघाट जिल्लाको देरगाउँदेखि शिवसागर जिल्ला अनि जोरहाट जिल्लाको जाँजीसम्मको फराकिलो क्षेत्रलाई लाभान्वित गर्ने यस तराजन श्मशानको विकासको लागि अन्य श्रोतहरूबाट पनि थप 1 करोड़ रुपियाँ उपलब्धगराइनेछ।

उल्लेख्य, जोरहाट नागरिक समाजको तत्वावधनमा श्रीमन्त शङ्करदेव कला-कृष्ण अनुसन्धान केन्द्रको सभागारमा 'गणतन्त्र बचाओ अराजकता हटाओ शीर्षकमा आयोजित सेमिनारमामा सहभागी हुन आएकी केन्द्रिय मन्त्रीले सेमिनारमा सम्बोधन गर्नअघि नै यस्तो घोषणा गरिन्।

गोलाघाट, शिवसागर र जोरहाट जिल्लाको विशाल क्षेत्र यस श्मशानमाथि निर्भर छन्। मन्त्रीको यस घोषणाले जनताको लामो समयदेखिको आवश्यकता पूरा हुनेछ।

आयोजन समितिका मिडिया सेलका संयोजक देबोजित हजारिकाले बताए, जोरहाटका वरिष्ठ नागरिक पार्थ सारथी बरुवाको अध्यक्षतामा आयोजित 'गणतन्त्र बचाओं अराजकता हटाओ' सेमिनारमा केन्द्रिय मन्त्री बाहेक जोरहाटका विधायक हितेन्द्र नाथ गोस्वामी, भारतीय जनता पार्टीका जिल्ला अध्यक्ष शान्तनु पुजारी, पूर्व जिल्ला अध्यक्ष कामाख्या मोहन दास सहित थुप्रै गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande