
गान्तोक, 11 नोभेम्बर (हि.स.)। दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयताको प्रतीक भाइटीका पर्व सिक्किममा बुधबार हर्षोल्लासका साथ मनाइएको छ। राज्यका विभिन्न स्थानमा दिदीबहिनीहरूले आफ्ना दाजुभाई तथा भाइहरूले दिदीबहिनीबाट सप्तरङ्गी टीका ग्रहण गर्दै परम्परागत रूपमा पर्व मनाएका छन्।
यस अवसरमा दिदीबहिनीहरूले दाजुभाईको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए। दाजुभाईहरूले पनि दिदीबहिनीप्रति प्रेम र सम्मान व्यक्त गर्दै उपहार तथा दक्षिणा प्रदान गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल