
भुवनेश्वर, 11 नोभेम्बर (हि.स.)। ओडिशाको उच्चतर माध्यमिक शिक्षा परिषद (सीएचएसई)-ले विद्यार्थीहरूलाई राहत दिँदै वार्षिक उच्च माध्यमिक (प्लस-2) परीक्षा- 2027 को लागि विलम्ब शुल्क बिनै परीक्षा फारम भर्ने अन्तिम मितिलाई नोभेम्बर 14 सम्म बढाएको छ।
संशोधित तालिका अनुसार विद्यार्थीहरूले अब नोभेम्बर 14 सम्ममा परीक्षा फारम भर्न सक्नेछन्। यसअघि फारम भर्ने अन्तिम मिति नोभेम्बर 11 तय गरिएको थियो। यो छुट कला, विज्ञान, वाणिज्य र व्यावसायिक शिक्षा लगायत सबै चार सङ्कायका नियमित विद्यार्थीहरूका साथै पत्राचार पाठ्यक्रमका विद्यार्थीहरूमा पनि लागु हुनेछ।
सीएचएसईका परीक्षा नियन्त्रक डा. प्रशान्त कुमार परिदाले चक्रवात 'अर्नव'- को कारण शैक्षिक संस्था एवं विद्यार्थीहरूले सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै समय-सीमा बढाउने निर्णय गरिएको भन्दै अधिसूचना जारी गरेका छन्।
परिषद्ले अतिरिक्त समयको लागि विभिन्न उच्च माध्यमिक विद्यालय र विद्यार्थीहरूको अनुरोधलाई पनि ध्यानमा राखेको छ। सीएचएसईले सबै उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल अनि प्रमुखलाई संशोधित समय-सीमाभित्र परीक्षा फारम भर्ने अनि भर्ना गर्ने प्रक्रिया पूरा गर्न निर्देश दिएको छ। यस अवधिमा विद्यार्थीहरूबाट कुनै विलम्ब शुल्क लिइने छैन।
तर परिषद्ले आगामी वर्ष 2027- को वार्षिक परीक्षाको लागि फारम भर्ने प्रक्रियासँग सम्बन्धित अन्य सबै मिति र तालिकाहरू पहिलेको अधिसूचना अनुसार रहने स्पष्ट पारेको छ।
विशेष गरी मिति विस्तार गर्ने यो निर्णय वर्ष 2027- को वार्षिक परीक्षामा उपस्थित हुने नियमित परीक्षाहरूको लागि मात्र लागू हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा