
कोलकाता, 11 नोभेम्बर (हि.स.)। प्रशासनले जेलमा रहेका तृणमूल कङ्ग्रेसका नेता जहाँगीर खानविरुद्ध कड़ा कारबाही गरेको छ। जिल्ला प्रशासनले बुधवार दक्षिण 24 परगना जिल्लाको फालता अन्तर्गत श्रीरामपुररमा रहेको उनको बहुतले भवनको अवैध भागलाई ध्वस्त बनाउने कार्य शुरू गरेको छ। बिहान प्रशासनिक अधिकारीहरू भारी पुलिस बल लिएर भवनमा पुगे। यस अवसरमा खण्ड विकास अधिकारी सहित प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। भवनको भित्री भागको निरीक्षण गरेपछि त्यसलाई ध्वस्त पार्ने कार्य शुरु गरिएको थियो। प्रशासनको यस कदमले सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चाएको छ।
प्रशासनिक सूत्र अनुसार सम्पत्ति जहाँगीर खानको नाममा तथा बेनामी ढङ्गले रहेको आरोप छ। उनीले सरकारी जग्गामा अतिक्रमण गरी धेरै ठाउँमा अवैध निर्माण गराएको सिकायत प्राप्त भएको छ। त्यस्ता सबै अवैध संरचनाहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अहिले शुरु गरिएको हो। श्रीराम्पुरमा अवस्थित यस बहुतले भवनको अवैध भागलाई ध्वस्त पार्नको लागि सरकारी निर्देशन आएपछि काम शुरु गरिएको हो।
उल्लेखनीय छ, जहाँगीर खानविरुद्ध जग्गा हड़प्ने तथा सम्पत्तिको अवैध अर्जित गरेका थुप्रै मुद्दाहरूमा लामो समयदेखिकै चर्चा हुँदै आएको छ। उनी अहिले जेलमा छन्। उनीविरुद्ध आरोपको अनुसन्धान अनि प्रशासनिक कारबाही भइरहेको अवस्थामा जिल्ला प्रशासनले अहिले अवैध निर्माण ध्वस्त पार्नको लागि प्रत्यक्ष अभियान चलाएको छ।
यस अभियान अवधि कुनै पनि अप्रिय स्थिति उत्पन्न हुन नदिन बुधवार बिहानदेखि नै यस क्षेत्रमा भारी पुलिस फोर्स तैनाथ गरिएको छ। पुलिस अधिकारीहरूले स्थितिलाई नजिकबाट हेरिरहेका छन्। प्रशासनको यस अभियानलाई लिएर स्थानीय जनतामा पनि निकै जिज्ञासा छ। आउँदो समयमा जहाँगीर खानको नाममा भएका अन्य अवैध निर्माण वा बेनामी सम्पत्तिहरूविरुद्ध प्रशासनले यस्तै कडा कारबाही गर्नेछ कि भन्ने कुरामा अब सबैको आँखा पुगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा