दिल्ली उच्च न्यायालयमा नोभेम्बर 16 मा छठ पूजाको छुट्टी
दिल्ली उच्च न्यायालय की जारी अधिसूचना


नयाँ दिल्ली, 11 नोभेम्बर (हि.स.)। दिल्ली उच्च अदालतले छठ पूजाको अवसरमा सोमवार (नोभेम्बर 16) बिदाको घोषणा गरेको छ। यो बिदा उच्च अदालतका साथै यस अन्तर्गत पर्ने सबै अदालतहरूमा लागू हुनेछ। उच्च अदालतका रजिष्ट्रार जनरल रितेश सिंहले बुधवार जारी गरेको अधिसूचना अनुसार उच्च अदालत 16 नोभेम्बर बिदाको सट्टामा शनिवार (नोभेम्बर 21)-मा खुल्ला रहनेछ भने यस दिन सामान्य रूपमा कामकाज हुनेछ। नोभेम्बर 16- मा सुनुवाइको लागि तय गरिएका मुद्दाहरूको अब मङ्गललार, नोभेम्बर 17- मा सुनुवाइ हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande