
जम्मू, 11 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश अध्यक्ष सत शर्माको अध्यक्षतामा एउटा महत्त्वपूर्ण सङ्गठनात्मक बैठक आयोजना गरियो। यस अवधि पार्टी पदाधिकारीबाट उनीहरूको कामको जानकारी लिइयो भने सङ्गठनको गतिविधिको समीक्षा गरियो। बैठकमा पार्टीको आगामी कार्यक्रम तथा सङ्गठनात्मक गतिविधिको बारेमा पनि विस्तृत छलफल भयो। पार्टीको कार्यप्रणाली सुधार गर्ने अनि तल्लो तहमा सङ्गठनलाई सुदृढ पार्ने विषयमा पनि छलफल भयो।
--------
/ बिशाल