एलजी सिन्हाले नेहरू मार्केट गोदाम आग्निकाण्डको जाँच गर्न समिति गठन गरे, 15 दिनभित्र रिपोर्ट पेश गर्न भने
एलजी सिन्हाले नेहरू मार्केट गोदाम आग्निकाण्डको जाँच गर्न समिति गठन गरे, 15 दिनभित्र रिपोर्ट पेश गर्न भने


जम्मू, 11 नोभेम्बर (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले गत 8 नोभेम्बरमा जम्मूको नेहरू मार्केटको गोदाममा आगलागी भएको घटनाको अनुसन्धान गर्न दुई सदस्यीय समिति गठन गरेका छन्।

यस समितिमा जम्मूका पुलिस महानिरीक्षक (आईजीपी) तेजिन्दर सिंह र जम्मूका डिभीजनल कमिश्नर विकास कुण्डल सामेल रहेका छन्। यस समितिलाई आगलागीको कारण पत्ता लगाउने, घटनाको वरपरको परिस्थितिको अनुसन्धान गर्ने, कुनै त्रुटि वा लापरवाहीको पहिचान गर्ने तथा जिम्मेवारी निर्धारण गर्ने काम दिइएको छ।

समितिलाई 15 दिनभित्र माआफ्नो अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देश दिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande