कोरबामा छोराको मृत्युबाट स्तब्ध आमाले गरिन् आत्महत्या, घरमा झुण्डिरहेको शव फेला पऱ्यो
कोरबामा छोराको मृत्युबाट स्तब्ध आमाले गरिन् आत्महत्या, घरमा झुण्डिरहेको शव फेला पऱ्यो


कोरबा, 11 नोभेम्बर (हि.स.)। बुधवार बिहान शहरको पुरानी बस्तीस्थित रानी रोड क्षेत्रमा रहेको घरमा 50 वर्षीया महिलाको शव झुण्डिरहेको अवस्थामा फेला पऱ्यो। मृतकाको पहिचान गीता तँवर उपनाम गीता बाई कँवरको रूपमा भएको छ। घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर अनुसन्धान शुरु गऱ्यो।

पुलिसबाट प्राप्त जानकारी अनुसार गीता तवँर रानी रोड क्षेत्रमा बस्थिन्। घरको अगाड़िको कोठामा उनले साडीमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ। आज बिहानदेखि लामो समयसम्म घरमा कुनै हलचल नभएको कारण छिमेकीहरू भित्र पसे अनि महिलाको शवलाई देखे। त्यसको लगत्तै कोतवाली पुलिसलाई सूचित गरियो।

आफन्त र छिमेकीहरू अनुसार महिलाको छोराको करिब दुई वर्षघि मृत्यु भएको थियो। घटनापछि उनी एक्लै बस्दै आएकी थिइन् भने छोराको यादमा सदैव दुःखी रहन्थिन्। दीपावलीको दिन पनि उनले आफ्नो समस्या र छोरा बिनाको घरबार महसूस गरेको उल्लेख गरेकी थिइन्। छोराको मृत्युको आघात नै घटनाको कारण भएको परिवारले आशङ्का गरेको छ।

कोरबाका सीएसपी प्रतीक चतुर्वेदीले रानी रोड क्षेत्रमा महिलाको मृत्युको सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको बताए। प्रारम्भिक जानकारी अनुसार महिलाको छोराको लगभग दुई वर्षअघि मृत्यु भएको थियो र उनी त्यसबेलादेखि एक्लै बस्दै आएकी थिइन्।

पुलिसले यस विषयमा मुद्दा दर्ता गरेको छ। घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। पुलिसले सबै पक्षलाई जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande