
गान्तोक, 11 नोभेम्बर (हि.स.)। सिक्किमका विभिन्न क्षेत्रमा बुधबार अचानक मौसममा परिवर्तन आउँदा वर्षा भएको छ। राज्यका विशेषगरी उच्च हिमाली क्षेत्र छाङ्गु र नाथुलामा हिमपात भएको छ। यसैगरी, राज्यका कतिपय ठाउँहरूमा असिनापानीसमेत परेको छ।
अचानक भएको वर्षा तथा हिमपातका कारण राज्यका विभिन्न क्षेत्रमा तापक्रम घटेको छ र चिसो बढेको छ। मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रहरूमा जाडोको प्रभाव थप बढेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल