दलित एवं गरीब परिवार सहित आवश्यकतामा रहेका व्रतालुहरूलाई 4000 भन्दा अधिक नरिवल वितरण
नारियल फल वितरण करती किन्नर गुरु पल्लवी


सहरसा, 11 नोभेम्बर (हि.स.)। लोक पर्व छठको तयारी द्रूत गतिमा भइरहेको छ। यसै तयारीको क्रममा लोक जनशक्ति पार्टी (रामबिलास)- का सहरसा जिल्ला उपाध्यक्ष एवं किन्नर गुरु पल्लवीले पनि धार्मिक तथा सामाजिक कार्यहरूमा व्यापक रूपमा भाग लिरहेका छन्। यस अवधि उनले व्रतालुहरूलाई नरिवल वितरण गरिरहेका छन्।

बुधवार नगरनिगम क्षेत्रको वार्ड सङ्ख्या- 23 स्थित काली मन्दिर परिसरमा विभिन्न टोलका दलित एवं गरीब परिवार सहित आवश्यकतामा रहेका व्रतालुहरूलाई लगभग चार हजारभन्दा अधिक नरिवल वितरण गरे।

किन्नर गुरु पल्लवीले भने, हरेक साल जस्तै यस साल पनि नगरनिगमको वार्ड सङ्ख्या- 23 स्थित बैजनाथपुर मुसहरी, बरगरिया, पासवान टोला आदिमा आफ्ना सहयोगी रौशन सिंह, राहुल सादा, फूलचन्द कुमार, बालो पासवान, मुसो सादा आदिको साथमा दलित अनि गरीबहरू सहित अन्य खाँचोमा रहेका 4000 भन्दा अधिक नरिवल वितरण गरियो। पूजाको लागि नरिवल लिने महिला अनि परिवारहरूको भीड़ उर्लिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande