राती 10 बजेपछि बेहुला आउने विवाहमा वजवान पस्किइने छैनः गुलाम नबी बाबा
राती 10 बजेपछि बेहुला आउने विवाहमा वजवान पस्किइने छैनः गुलाम नबी बाबा


श्रीनगर, 11 नोभेम्बर (हि.स.)। गए अबेर राती विवाह समारोहलाई निरुत्साहित गर्ने उद्देश्ले अल कश्मीर वजा एसोसिएशनले घोषणा गरेको छ, ती विवाहहरूमा वाजवान पस्किइनेछैन जहाँ बेहुला राती 10 बजेपछि आउँछ।

सङ्घका अध्यक्ष गुलाम नबी बाबाले आज भने, यो निर्णय बेहुला ढिलो आउने बढ़्दो परम्परालाई रोक्नको लागि लिइएको हो किनभने केही विवाह समारोहहरूमा बेहुला बिहान 3-4 बजे आइपुग्छ। उनले भने, यस प्रथाले वजाहरू (कश्मीरका परम्परागत खाना पकाउनेहरू) र विवाह व्यवस्थामा संलग्न अन्यलाई कठिनाइ हुन्छ जसलाई प्रायजसो परम्परागत भोजको सेवा गर्न घण्टौं पर्खनु पर्छ।

बाबाले भने, समाजलाई यस बढ्दो सामाजिक अभ्यासको अन्त्य गर्न अत्यन्त आवश्यक छ साथै मानिसहरूसित आग्रह गरिन्छ कि उनीहरूले बेहुलालाई समयमै पुऱ्याउन सुनिश्चित गरून् ताकि विवाह समारोहबाट व्यवस्थामा सामेल मानिसहरूलाई अनावश्यक समस्या नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande