बुलडोजर चलाएर मेरो आवाजलाई दबाउन सक्दैनः अभिषेक ब्यानर्जी
तृणमूल कांग्रेस के राष्ट्रीय महासचिव अभिषेक बनर्जी


कोलकाता, 12 नोभेम्बर (हि.स.)। कालीघाटस्थित आफ्नो आवास सामु फुटपाथमा निर्मित अस्थायी सुरक्षा शेडलाई बुलडोजरले हटाइएपछि तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। यस कारबाहीको पछाड़ि राजनीतिक प्रतिशोधको सङ्केत गर्दै उनले स्पष्ट पारे, उनलाई कुनै पनि परिस्थितिमा झुकाउन सक्दैन र आफ्नो अन्तिम साससम्म उनी आफ्नो नीतिबाट पछि हट्ने छैनन्।

अभिषेक ब्यानर्जीले बिहीवार सोशल मिडिया प्लेटफर्म एक्समा आफ्नो प्रतिक्रियामा भने, जति बुलडोजर ल्याइए पनि कुनै बुलडोजरले मेरो आवाजलाई दबाउन सक्दैन, न त मेरो दृढ सङ्कल्पलाई तोड्न सक्छ। 'बङ्गाल विरोधी'- हरूविरुद्ध मेरो लडाईँ भविष्यमा पनि यसरी नै जारी रहनेछ। मेरो अन्तिम साससम्म न त म पछि हट्नेछु, न त एक इञ्च जमीन छोड्नेछु।

स्मरणीय छ, कालीघाट रोडमा रहेको अभिषेक ब्यानर्जीको निवासको मुख्य गेट बाहिर ठूलो सङ्ख्यामा केन्द्रिय बल र कोलकाता पुलिसको उपस्थितिमा फुटपाथको छेउमा रहेको अस्थायी छाउनीलाई बुलडोजर चलाएर हटाउने बिहीबार बिहानदेखि नै शुरू गरिएको थियो। अभिषेकको कार्यालयले पहिला नै स्पष्ट पारेको थियो, सुरक्षा कारणले राज्य पुलिसको डाइरेक्टेड अफ सिक्योरिटीद्वारा उक्त अस्थायी संरचना निर्माण गराइएको थियो।

बिहान-बिहान भएको कारबाहीपछि अभिषेक ब्यानर्जीको तिखो राजनीतिक प्रतिक्रियाले राज्यको राजनीतिमा फेरि एक पटक खैलाबैला उत्पन्न गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande