सोनिया विहारमा सडक दुर्घटना, तीन जनाको मृत्यु
सोनिया विहारमा सडक दुर्घटना, तीन जनाको मृत्यु


नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। दिल्लीको उत्तर-पूर्वी जिल्लाको सोनिया विहार क्षेत्रमा बिहीवार भोर बिहान द्रुत गतिमा गइरहेको डम्पर ट्रक र अटो-रिक्सामाझ भएको भिड़न्तमा नवजात बालिका सहित तीन जना मानिसहरूको मृत्यु भयो भने अन्य पाँच जना गम्भीर रूपमा घाइते भएका छन्।

दिल्ली फायर सर्भिस तथा पुलिस अनुसार आज बिहान 5ः17 बजे सोनिया विहारको पुस्ता नम्बर-5 नजिकै दुर्घटना त्यसबेला भयो जतिबेला मानेसरबाट आइरहेको अटो सभापुर गाउँतर्फ गइरहेको थियो त्यसैबेला आइरहेको डम्पर ट्रकले उक्त अटोलाई भयानक ठक्कर दियो जसले गर्दा अटोमा सवार सबै नौ जना मानिसहरू गम्भीर रूपमा घाइते भए।

घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस र फायर ब्रिगेड तुरुन्तै घटनास्थलमा पुगे। उनीहरूले स्थानीयको सहयोगमा राहत एवं उद्धार कार्य शुरू गरे।

दुई पुरुष र एक नवजात बालिकाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा तीन जना पुरुष एवं दुई जना महिला सहित पाँच जना घाइते भएका छन्। सबै घाइतेहरूलाई तुरुन्तै नजिकैको जगप्रवेश चन्द अस्पतालमा लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ।

सोनिया विहार पुलिसले घटनाको सम्बन्धमा मुद्दा दर्ता गरेको छ भने फरार डम्पर चालकको खोजी शुरु गरेको छ।

--------

/ बिशाल


 rajesh pande