मुख्यमन्त्रीले प्रख्यात फिल्मकार तथा चित्रकार पुलक गोगोईलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 12 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बिहीवार प्रख्यात असमिया फिल्मकार, चित्रकार एवं कलाकार पुलक गोगोईलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। । असमिया सिनेमा तथा चित्रकलाको क्षेत्रमा उनको उल्लेखनीय योगदानलाई स्मरण गर्दै उनले आफ्नो रचनात्मक प्रतिभाले राज्यको कला र सांस्कृतिक धरोहरलाई समृद्ध बनाएको बताए।

सामाजिक सञ्जालको एक सन्देशमा मुख्यमन्त्रीले भने, पुलक गोगोईले आफ्नो अद्वितीय रचनात्मकताबाट असमिया चलचित्र र चित्रकला जगतमा विशेष स्थान बनाएका थिए। आफ्नो चलचित्र एवं चित्रहरूका माध्यमबाट उनले असमको सामाजिक जीवन, आम जनताको भावना औ जीवनका विभिन्न पक्षहरूलाई अत्यन्त संवेदनशीलताको साथमा चित्रण गरे।

उनले भने, गोगोईको विशिष्ट कलात्मक दृष्टि अनि रचनात्मक योगदानलाई असमिया समाजले सधैँ सम्झिरहने छ। कलाकारका रूपमा उनको कला र धरोहरले आउँदो पुस्तालाई निरन्तर प्रेरणा दिनेछ।

पुलक गोगोईको 12 नोभेम्बर, 2022- मा 84 वर्षको उमेरमा निधन भएको थियो। उनले चलचित्र निर्देशन, चित्रकला तथा कार्टुन कलाको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande