दुलियाजानमा चिया मजदुरको व्यापक प्रदर्शन, भूमि पट्टा र वेतन वृद्धिको माग
Image of the Protest.


डिब्रुगढ (असम), 12 नोभेम्बर (हि.स.)। जिल्लाको दुलियाजानमा बिहीवार त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला असम चिया जनजाति विद्यार्थी सङ्घ (एएटीएसए)- का सयौँ कार्यकर्ताहरूले समजिला आयुक्त कार्यालय अगाडि व्यापक प्रदर्शन गरे।

प्रदर्शनकारीहरूले चिया बगानका मजदुरहरूलाई जग्गा पट्टा प्रदान गर्न, उनीहरूको दैनिक ज्याला बढाउन तथा चिया जनजाति समुदायलाई अनुसूचित जनजाति (एसटी)- को दर्जा दिन माग गरे।

विरोध प्रदर्शनमा सयौँ मानिसहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले आफ्ना मागहरूको समर्थनमा नाराबाी गर्दै राज्य सरकारलाई चाँडै आवश्यक कदम उठाउने अपील गरे। प्रदर्शनको क्रममा भूमि अधिकार, उचित ज्याला र चिया मजदुरहरूको जनजातीय दर्जाको मुद्दालाई प्रमुख रूपमा उठाइयो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande