
गुवाहाटी, 12 नोभेम्बर (हि.स.)। छिमेकी राज्य मेघालयका पेट्रोल पम्पहरूमा असमको पञ्जीकरण नम्बर भएका सवारी साधनहरूको लामो ताँत देखिँदैछ। गुवाहाटी र कामरूप जिल्लाका पेट्रोल पम्पहरू अस्थायी रूपमा बन्द भएका कारण ठूलो सङ्ख्यामा सवारी चालकहरू इन्धन भर्नका लागि मेघालय पुग्दैछन्।
मेघालयका विभिन्न पेट्रोल पम्पहरूमा असमको नम्बर प्लेट भएका सवारी साधनहरूको भीड़ जुटेकोले लामो लाइन लागेको छ। पेट्रोल पम्प बन्द भएकाले वाहन चालकहरूलाई निकै समस्या भोग्नुपरिरहेको छ।
उल्लेखनीय छ, गुवाहाटी तथा कामरूपमा पेट्रोल पम्पहरू नोभेम्बर 13- को बिहान 6 बजेसम्म बन्द रहनेछन्। यस्तो अवस्थामा सवारी चालकहरूले आफ्नो इन्धनको आवश्यकता पूरा गर्न छिमेकी राज्यका पेट्रोल पम्पहरूमा गइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा