
बारामुल्ला, 12 नोभेम्बर (हि.स.)। बारामुला पुलिसले 'एरिया डोमिनेशन पेट्रोल' -को क्रममा ठूलो सफलता पाएको छ। बदरकोटको जङ्गलमा गरिएको कारबाहीमा पुलिसले दुईवटा ह्याण्ड ग्रेनेड बरामद गरेको छ भने एकजना आतङ्कवादी सहयोगीलाई पक्राउ गरेको छ। बीएसएफको 112/06 बटालियन, दुई आरआर तथा सीआरपीएफको 176 बटालियनसँग मिलेर संयुक्त कारबाही गर्दै पुलिसले ताङ्गमार्गको बदरकोट जङ्गलबाट एकजना सन्दिग्ध व्यक्तिलाई पक्राउ गऱ्यो जसको पहिचान बदरकोट तङ्गमार्गका बासिन्दा गुलाम जिलानी रेसीका रूपमा भएको छ। उसको कब्जाबाट ह्याण्ड ग्रेनेड बरामद गरियो। सोधपुछको क्रममा उसले बतायो, थप एउटा ग्रनेडलाई जङ्गलमा कतै लुकाेर राखेको खुलासा गऱ्यो जसलाई पछि पुलिसले बरामद गऱ्यो।
तङ्गमार्ग पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ। बरामद गरिएका विस्फोटकहरूको श्रोत के थियो, यसलाई केका लागि प्रयोग गर्नु थियो र यसको तार कुन-कुन मानिसहरूसित जोड़िएको हुनसक्छ, त्यसक अनुसन्धान भइरहेको छ।
बारामुला पुलिसले शान्ति र सुरक्षा कायम गर्ने आफ्नो दृढ़ सङ्कल्पलाई दोहोऱ्याएको छ। उनले क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सबै सुरक्षा बलको समन्वय अनि प्रयासको प्रशंसा समेत गऱ्यो।
--------
/ बिशाल