
ढाका (बंगलादेश), १२ नोभेम्बर (हि.स.)। बंगलादेशको कुश्तियास्थित दौलतपुर उपजिल्लामा बिहीबार बिहान नेसनल सिटिजन पार्टी (एनसीपी) की सांसद नुसरत तबस्सुमको पैतृक घरमा आगलागी हुँदा पाँचवटा कोठा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। पार्टीका नेताहरूले आक्रमणकारीहरूले घरमा पेट्रोल बम प्रहार गरेको आरोप लगाएका छन्। मध्यरातपछि बगोवान गाउँस्थित सांसदको घरमा आगलागी भएको थियो।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार, दमकलकर्मीहरूले राति करिब १:५० बजी आगो नियन्त्रणमा लिएका थिए। टिनको छाना भएको एकतले घरका आठवटा कोठामध्ये पाँचवटा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा दुईवटा बाख्राको समेत मृत्यु भएको छ। पार्टीका नेताहरूले नियोजित रूपमा पेट्रोल बम प्रहार गरी घरमा आगो लगाइएको आरोप लगाउँदै यस घटनामा अवामी लिगसँग आबद्ध व्यक्तिहरू जिम्मेवार रहेको बताएका छन्।
यद्यपि, पुलिसले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको र आगो लगाउन विस्फोटक पदार्थ वा ज्वलनशील सामग्री प्रयोग गरिएको भन्ने कुराको पनि पुष्टि नभएको जनाएको छ।
भेरामारा सर्कलका अतिरिक्त पुलिस उपरीक्षक दिलावर हुसेनले आगलागीको सूचना प्राप्त हुनासाथ दमकलकर्मीहरू घटनास्थल पुगेको बताए। उनका अनुसार, आगलागीबाट घरमा ठूलो क्षति पुगेको छ। तर आगो नजिकै रहेको तीनतले भवनसम्म फैलिन पाएन। उक्त भवनमा तबस्सुमका आमाबुबा बस्दै आएका छन्।
पुलिस अधिकारीका अनुसार परिवारका सबै सदस्य सुरक्षित छन्। एनसीपीको सञ्चारमाध्यम विभागले फेसबुक पोस्टमार्फत अवामी लिगसँग आबद्ध व्यक्तिहरूले सांसदको निवासमा पेट्रोल बम प्रहार गरेको आरोप लगाएको छ। एनसीपीका प्रवक्ता आसिफ महमुद साजिब भुइयाँले पनि छुट्टै फेसबुक पोस्टमार्फत घरलाई पेट्रोल बम प्रहार गरी निशाना बनाइएको दाबी गरेका छन्।
प्रहरी अधिकारीका अनुसार परिवारका सबै सदस्य सुरक्षित छन्। एनसीपीको सञ्चारमाध्यम विभागले फेसबुक पोस्टमार्फत अवामी लिगसँग आबद्ध व्यक्तिहरूले सांसदको निवासमा पेट्रोल बम प्रहार गरेको आरोप लगाएको छ। एनसीपीका प्रवक्ता आसिफ महमुद साजिब भुइयाँले पनि छुट्टै फेसबुक पोस्टमार्फत घरलाई पेट्रोल बम प्रहार गरी निशाना बनाइएको दाबी गरेका छन्।
तबस्सुम एनसीपीकी संयुक्त संयोजक तथा पार्टीको सर्वोच्च नीतिनिर्धारण निकाय 'राजनीतिक परिषद्' की सदस्य हुन्। उनी १३औँ राष्ट्रिय संसद्मा महिलाका लागि आरक्षित सिटको प्रतिनिधित्व गर्छिन्।
अतिरिक्त प्रहरी उपरीक्षक दिलावर हुसेनले आगलागी पेट्रोल बम आक्रमणकै कारण भएको हो वा होइन भन्ने विषयमा अनुसन्धानबाट अहिलेसम्म स्पष्ट नभएको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल