
कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी आदिवासीहरूको प्रमुख लोक पर्व बाँधना-सहरायमा सामेल हुनका लागि बिहीवार बाँकुड़ा जिल्लाको भ्रमणमा आइरहेका छन्। जिल्ला प्रशासनको सूत्र अनुसार मुख्यमन्त्रीले जिल्लाको रायपुर ब्लकमा बिरसा मुण्डा मेमोरियल कलेज मैदानमा हुने कार्यक्रममा भाग लिनेछन्।
बाँदना-सहराय जङ्गलमहल क्षेत्रका आदिवासी समुदायको प्रमुख लोक पर्व हो। यसैका लागि तयारी कार्तिक महिनाको औसी अर्थात् काली पूजाको दिनदेखि शुरु हुन्छ। विभिन्न क्षेत्रमा यो पर्व तीन दिन, पाँच दिन वा एक महिनासम्म मनाइन्छ। अहिलेघरि जङ्गलमहलका आदिवासी गाउँहरूमा यस पर्वको व्यापक उत्साह छाएको छ। यस अवधि गाईको पूजा, धामसा-मादलो थाप तथा अहिरा लोकगीतको माध्यबाट परम्परागत संस्कृतिको झलक देख्न सकिन्छ।
मुख्यमन्त्रीको रूपमा शपथ लिएपछि छ महिनाभित्रमा शुभेन्दु अधिकारीको यो चौथो बाँकुड़ा भ्रमण हो। हेलिकप्टर बिहीवार दिउँसो 2 बजे रायपुरको बिरसा मुण्डा मेमोरियल कलेज मैदानमा पुग्नेछ। जङ्गलमहलको परम्परागत लोक संस्कृति प्रस्तुत गर्न यहाँ विशेष कार्यक्रम आयोजना गरिएको छ।
त्यसपछि मुख्यमन्त्री हेलिकप्टर मार्फत बाँकुड़ा शहरको सतीघाट नजिकै गान्धेश्वरी नदीको किनारमा रहेको अस्थायी हेलिप्याडमा पुग्नेछन्। त्यहाँबाट पाठकपाड़ा फुटबल मैदानमा हुने स्थानीय खाद्य मेलामा सहभागी हुने सम्भावना छ।
त्यसपछि मुख्यमन्त्रीको सर्किट हाउसमा जाने कार्यक्रम छ। सूत्र अनुसार यहाँ उनले उत्तराखण्डको केदारताल पदयात्रा मार्गमा पैह्रोमा परी ज्यान गुमाउने बाँकुड़ाका चार जना युवकहरूका शोकाकुल परिवारहरूलाई भेट्ने सम्भावना छ। यहाँबाट उनी सड़क मार्ग मार्फत् अण्डाल विमानस्थल जाने योजना छ।
मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले तयारीलाई तीव्रता दिएको छ। सुरक्षा सहित अन्य व्यवस्थालाई सुदृढ़ गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा