धिङ्ग पुलिसले मादक तस्करलाई पक्राउ गऱ्यो, 10 वटा कन्टेनर जफत
Image of the Dhing Police Arrested Drug Peddler and Seize 10 Containers.


नगाउँ (असम), 12 नोभेम्बर (हि.स.)। असममा मादक पदार्थको तस्करी विरोधी अभियानलाई निरन्तरता दिँदै धिङ्ग पुलिसले एकजना कथित तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको पहिचान महिबुर रहमानको रूपमा भएको छ।

सूत्रले बताएको छ, बितेको राती पुलिसद्वारा सञ्चालित अभियानमा तस्करको कब्जाबाट लागू औषधिले भरिएका 10 वटा कन्टेनर बरामद गरियो। त्यसपछि लागू औषध सहित आरोपीलाई पक्राउ गरियो।

पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। साथै, लागूऔषधको श्रोत र तस्करी नेटवर्कसँग सम्बन्धित अन्य मानिसहरूको बारेमा पत्तो लगाउने प्रयास भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande