पुरानो जमीन विवादमा युवकको कुटेर हत्या गरेको आरोप
पुरानो जमीन विवादमा युवकको कुटेर हत्या गरेको आरोप


दुर्गापुर, 12 नोभेम्बर (हि.स.)। दुर्गापुरको जाब्बरपल्ली क्षेत्रमा पुरानो जमीन विवादमा एक युवकको कुटेर हत्या गरिएको आरोप लगाइएको छ। मृतको श्याम कुमार दासको रूपमा पहिचान गरिएको छ। गए बुधवार राती भएको यस घटनामा क्षेत्रका दुई जना युवकमाथि हत्याको अभियोग लगाइएको छ।

जानकारी अनुसार काली पूजापछि बुधवार जाब्बरपल्ली क्षेत्रमा मूर्ति विसर्जनको आयोजना गरिएको थियो। विसर्जन जुलूसमा श्याम आफ्ना केही साथीहरूसँग रमाइलो गरिरहेका थिए। यसै अवधि त्यस क्षेत्रका दुई जना युवक त्यहाँ पुगे अनि श्यामसँग झगड़ा गर्न शुरु गरेको आरोप लगाइएको छ। हेर्दा-हेर्दै झगड़ा झड़पमा परिणत भयो। आरोप छ, ती दुई युवाहरूले श्यामलाई क्रूरतापूर्वक कुटपिट गरे जसले गर्दा उनको मृत्यु भयो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande