नेपालमा ४.९ तीव्रतको भूकम्प, सिक्किम र दार्जिलिङका विभिन्न क्षेत्रमा धक्का महसुस
नेपालमा ४.९ तीव्रतको भूकम्प


गान्तोक, 12 नोभेम्बर (हि.स.)। नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहान ४.९ तीव्रताको भूकम्प गएको छ। बिहान सबेरै भूकम्प गएकोले अधिकांश मानिसहरूले यसको धक्का महसुस गर्न नसकेको बताइएको छ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, भूकम्प बिहीबार बिहान ४:३० बजी गएको हो। यसको केन्द्रविन्दु नेपालमा रहेको र जमिनको सतहदेखि ७३ किलोमिटर गहिराइमा भूकम्पको केन्द्र रहेको जनाइएको छ। भूकम्पको केन्द्र सिक्किमको युक्सोमबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा रहेको थियो। यस कारण भूकम्पको धक्का सिक्किम र दार्जिलिङका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ।

हालसम्म यस भूकम्पका कारण कुनै जनधनको क्षति भएको विवरण प्राप्त भएको छैन।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande